एकैदिन २ हजार ८६ सवारी चालक कारवाहीमा

७ मंसिर २०७४, बिहीबार ०२:०४

मंसिर ७, काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन २ हजार ८६ सवारी चालक कारवाहीमा परेका छन् ।

विभिन्न नियम उल्लंघन गर्ने सवारी चालक कारवाहीमा परेका हुन् । कारवाहीमा परेकामध्ये लेन उल्लंघन गर्ने सवारी चालक पाँच सयभन्दा बढी रहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । पछिल्लो समय ट्राफिक प्रहरीले लेन अनुशासन पालनामा कडाइ गर्दै आएको छ ।

महाशाखाका अनुसार मापसे गर्ने १०४ सवारी चालक पनि बुधबार कारवाहीमा परेका छन् । त्यस्तै जथाभावी हर्न बनाउने ७३ जनालाई पनि कारवाही गरिएको छ ।

विगत २४ घण्टामा उपत्यकामा १९ सवारी दुर्घटना भएकोमा १५ जना सामान्य घाइते भएको पनि महाशाखाले जनाएको छ ।