अर्घाखाँची जाँदै गरेको बस त्रिशुलीमा खस्यो, सात जनाको मृत्यु

मंसिर १३, कामठाडौं । चितवनको इच्छाकामना गाउँपालिका–३, फिस्लिङस्थित त्रिशुली नदीमा आज बिहान यात्रुबाहक बस खसेको छ ।

बिहान सवा ९ बजे भएको दुर्घटनामा परि ६ जनाको मृत्यु भएको छ भने १५ जनाको उद्धार गरिएको चितवन प्रहरीले जनाएको छ । अन्यको उद्धारको प्रयास भईरहेको जनाइएको छ । बसमा कति यात्रु थिए भन्ने यकिन नभएको प्रहरीको भनाइ छ ।

काठमाडौंबाट अर्घाखाँचीतर्फ जाँदै गरेको लु१ख २९१ नम्बरको बस त्रिशुली नदीमा खसेको हो । नदीमा बसको छतमात्र देखिएको छ ।


प्रकाशित | २०७४ मंसिर १३ प्रकाशित ०५:००

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ