अर्घाखाँचीको क्षेत्र २ प्रदेशसभामा ५ देखि ९ हजारको फरक मतले जित्ने दाबी : उम्मेद्वार रामजी

मंसिर ६, काठमाडौं । आसन्न प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनका लागि विभिन्न दल तथा तिनका उम्मेद्वाहरु आ–आफ्नै शैलीमा प्रचारप्रसारमा लागेका छन् । त्यस्तै मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि अर्घाखाँची जिल्ला क्षेत्र २ प्रदेशसभा सदस्यका लागि संयुक्त वाम गठबनधनका साझा उम्मेद्वारका रुपमा रामजीप्रसाद घिमिरे पनि आफ्ना छुट्टै शैलीबाट चुनावी मैदानमा होमिएका छन् ।

 

नेता घिमिरे सरल, इमान्दार र सामाजिक तथा विकास निर्माणका ’boutमा जानकार रहेकाले त्यस क्षेत्रको विकास र परिवर्तनमा निकै लामो जीवन संघर्ष गर्दै आएका छन् । बर्षौदेखि राजनीतिक तथा सामाजिक जीवनलाई बिताउँदै आफ्नो परिचय बनाइसकेका घिमिरे यस पटक भने प्रदेशसभा सदस्यको उम्मेद्वार बन्न पाएका छन् । उनी एमाले माओवादी केन्द्रको संयुक्त गठबन्धनबाट उम्मेद्वार बनेका हुन् । नेता घिमिरे नेपालको पञ्चयति व्यवस्थाको प्रतिकारको क्रममा कठोर याताना सहित ३४ दिनसम्म प्रहरीको हिरासतमा समेत बसेर जीवन संर्घर्ष गर्ने व्यक्ति हुन् ।

पार्टीको निर्देशन अनुसार गुल्मी जिल्लामा विभिन्न भागमा पुगि संगठन निर्माण गर्नेे, पटक पटक भएको निर्वाचनमा आफ्ना पार्टीका उम्मेद्वारलाई जिताउन कसरत गर्दै आएका घिमिरे त्यस क्षेत्रका सबै जनताको मन जित्न सफल व्यक्तिका रुपमा परचित छ । समग्र नेपालका शन्र्दभमा आर्थिक हिसावले सबैभन्दा गरिब उम्मेद्वारका रुपमा उनलाई चिनाउन सकिने दावी गर्दै आएको छ । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क नगरपालिकामा भाडामा बस्दै आफ्नो राजनीतिक जीवनलाई निरन्तर रुपमा क्रियाशिल बनाउँदै आएकोले आफु त्यस क्षेत्रको जनतासँग सदभाव र माया कायम नै रहेकोले आफु निर्वाचनमा जित्ने दावी गरे ।

 अनुभव

एमाले  अर्घाखाँची   जिल्लाको अध्यक्ष समेत रहेर काम गरेको अनुभावले त्यस गाँउ ठाउँको समस्याको पूर्ण जानकारी रहेको बताउँदै यस पटक आफुलाई जिताएर जनताको काम गर्ने अवसर दिन मतदातालाई आग्रह गरे । संगठनिक तथा वस्तुस्थितिमा पूर्ण ज्ञान भएकाले आफुले सहजै रुपमा जनताको काम गर्न सक्ने आधारहरु रहेको बताए ।

 

चुनावी मूख्य एजेण्डा

अर्घाखाँची र प्यूठानको सिमानामा पर्ने नौमुरे जलविद्युत आयोजना बर्षौदेखि अलपत्रमा रहेको २ सय ४५ मेगावाट विद्युत् क्षमता भएको आयोजनाको निर्माण कार्य शुरु भएको केही समयमै बन्द भएको छ त्यसलाई ५ वर्षभित्र सम्पन्न गरेर स्थानीय जनताकै स्वमित्वमा सेयर सदस्यको समेत अवसर प्रदान गरी आर्थिक आम्दानीमा वृद्धि गराईने, कृषि, पर्यटन, संस्कृतिको संरक्षण गरी सुन्दर विकसित समृद्ध नेपाल निर्माण गर्न एकिकृत योजना बनाई दुर्त गतिमा विकास गर्ने र २ वर्षमै धुम्ती पाल्पा बाटो कालेपत्रे गर्ने बताए । कृषि र पर्यटनमा लगानी गरेर एक घर एक रोजगार राज्यको तर्फबाट व्यवस्था गर्ने र सबै परिवारलाई स्वारोजगार बनाउने रहेको छ ।

मतदातालाई

चुनाव पटक–पटक आएकै छ विश्वस्त हुनुहोस जीवन नै राजनीति र सामाजसेवामा लागेका व्यक्ति निस्वार्थ रुपमा मतदाताको न्यायको पक्षमा काम गर्ने उम्मेद्वारको रुपमा हेरिदिन आग्रह गरे । अरु जस्तो एउटा खुट्टा व्यवसायमा अर्को खुट्टा राजनीतिमा राख्ने व्यक्ति नभएकोले आफु विशुद्ध सामाजिक अभियान र विकासका लागि सक्रियारत रहेकाले मतदाताले आफुलाई विश्वास गर्ने बताए ।
कसैको लोभलालच, भ्रममा नपार्न आग्रह गर्दै निर्वाचनमा सहभागी भई वाम गठबन्धनका उम्मेद्वारलाई मतदान गर्न अनुरोध गरे । उनले आफु साधै जनताकै पक्षमा काम गर्दै आएको र पछि पनि गरिने बताउँदै यस पटकको निर्वाचनमा जनताको निर्देशनमा काम गर्ने आधार निर्माण गराईदिन सबै मतदातालाई अपिल गरेका छन् ।

घिमिरेसँग नेपाली काँग्रेसका उम्मेद्वार हिम्मत बहादुर टण्डन प्रतिस्पर्धामा रहेको छ । तथापी एमालेको पकड क्षेत्र भएको र वाम गठबन्धनकै कारण ५ हजारदेखि ९ हजारको फरक मतले आफु ढुंक्कासँग निर्वाचि हुने बताएको उद्दृत गर्दै प्रेस सल्लाहकार मुक्तिनाथ भुसालले जानकारी दिए ।


प्रकाशित | २०७४ मंसिर ६ प्रकाशित ०४:२४

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ