अब ढाँटछल गर्ने समय सकियो – मन्त्री पाण्डे

११ मंसिर २०७४, सोमबार १३:४३

मंसिर ११, काठमाडौं । वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेले सम्भव नै नभएका सपना बाँडेर मत आफ्नो पक्षमा पार्ने काम नगर्न आग्रह ।

चितवन क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका पाण्डेले आज भरतपुर महानगरपालिका–८ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ढाँटछल गर्ने समय सकिएको बताए ।  जनता जागरुक भएकाले जे गर्न सकिन्छ नेताले त्यही बोल्नुपर्ने बताए । भविश्यमा कुनै काम गर्नु नपर्ने भएकाले सपना बाँड्ने र मत माग्ने चलन बढेको उनले बताए ।

 

समग्र चितवनको विकासका लागि लोकतान्त्रिक गठबन्धनलाई मतदान गर्नुपर्ने उनले बताए । जनता र निकुञ्जबीचको द्वन्द्व अन्त्य गर्दै निकुञ्जबाट जनताले अधिकतम् फाइदा लिनका लागि आवश्यक नीति नियम बनाउने कुरामा आफू लागेको बताए । आफ्नो लडाइँ कुनै पनि राजनीतिक लडाइँ नभई विकासको लडाइँ भएको बताउँदै लोकतन्त्रलाई जगेर्ना गर्दै संविधानमा उल्लेख भएका कुरा जनतालाई दिन आफ्नो उम्मेदवारी भएको बताए । (रासस)