अख्तियारको फन्दामा दुई ठुला माछा; अर्याल र क्षत्री

२० कार्तिक २०७४, सोमबार ०१:५१

कात्तिक २०, काठमाडौँ । गैरकानुनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका पूर्व प्रमुख (आईजीपी) उपेन्द्रकान्त अर्याल र पूर्वमुख्य सचिव राजेन्द्रकिशोर क्षत्रीलाई आइतबार बयान लिएको छ ।

अकुत सम्पत्ति आर्जन गरेको आशंकामा अख्तियारले अर्याललाई सम्पत्ति विवरण भर्न लगाएको हो । ‘हामीले उहाँलाई अकुत सम्पत्ति आर्जन गरेको आशंकामा सम्पत्ति विवरण भर्न लगाएका हौँ’ अख्तियारका एक उच्च अधिकारीले भने, ‘हामी अहिले छानविनको प्रारम्भिक चरणमा छौँ ।’

यस्तै विद्यतु प्राधिकरणको ट्रान्सफर्मर खरिद प्रकरणमा अनुसन्धान गर्न पूर्व मुख्यसचिव क्षत्रीलाई अख्तियार कार्यालय बोलाएर बयान लिएको एक अधिकारीले जानकारी दिएको समाचार आजको नेपाल समाचारपत्रमा छ ।