५१ औं दिनको दौडमा एकलो ‘छक्का पन्जा–२’

१४ कार्तिक २०७४, मंगलवार ०८:०२

कात्तिक १४, काठमाडौँ । हास्य अभिनेत्री दीपाश्री निरौलाद्वारा निर्देशित चलिचित्र ‘छक्का पन्जा–२’ ले प्रदर्शनको ५१ औँ दिनको एकलो दौडमा लागेको छ ।

‘छक्का पन्जा–२’ सँगै प्रदर्शनमा आएका केही चलचित्र एक साता पनि टिक्न नसकेका बेला यो भने ५१ औँ दिन पु¥याउने तरखरमा छ ।

सिटी सेन्टर, सिभिल महल, केएल टाउर, गुण, गंगा, गोपीकृष्ण, अष्टनारायण लगायत चलचित्र भवनमा यसले अहिले पनि राम्रो दर्शक पाइरहेको निर्देशक दीपाले बताएकी छन् ।

वितरक गोपाल कायस्थाका अनुसार चलचित्रले अहिलेसम्म ११ करोड भन्दा माथिको व्यवसाय गरिसकेको छ ।