समृद्ध नेपाल निर्माणका लागि सञ्चार

२२ आश्विन २०७४, आईतवार १४:००
समृद्ध नेपाल निर्माणका लागि सञ्चार

 भिम लामा

 “जबसम्म पारदार्शिता हुदैन तबसम्म

त्यस क्षेत्रको विकासमा परिवर्तन आउँदैन”

कुनै विषयवस्तुलाई कतैबाट तोडमोड नगरी सम्बन्धित क्षेत्रमा पु¥याउने भरपर्दो माध्यम सञ्चार हो । यसको अर्थ सत्य तथ्य, निष्पक्ष र वास्तविक विचार तथा शन्देश प्रवाह गर्ने प्रक्रिया वा माध्यम नै सञ्चार माध्यम हो । विश्वका थुप्रै विकासित राष्ट्रहरु सञ्चार माध्यमकै कारण विकास र परिवर्तन भएका छन् । जनता र सरकारवीच पुलको काम गर्ने सञ्चारमाध्यले विकास र परिवर्तनका निम्ती महत्वपूर्ण कार्य गर्दछ । समाज राष्ट्रका हित र विकासमा आम नगारिकलाई एक ठाउँमा ल्याउने र आवाज विहिनहरुको प्रतिनिधित्व गर्दै सरकारसंग समन्वय गर्ने आधार निर्माणमा ठूलो सहयोग पु¥याउदै आएको छ । परापूर्वकालमा अहिलेको जस्तो टेलिफोन, मोबाईल, रेडियो, टेलिभिजन, इमेल ईन्टरनेट सेवा जस्ता सूचना प्रविधि र सधानको प्रयोग थिएन् । जव कुनै व्यक्तिलाई केही शन्देश पु¥याउनका लागि महिनौ दिन समय लागथ्यो त्यो पनि कि त मान्छे हिडेरै जानुपथ्यो । कुनै समय चिठ्ठी पत्र पु¥याउन विभिन्न वस्तु तथा चराचुरुङ्गीको प्रयोग गरिन्थ्यो । त्यस बेलाका सञ्चारमा बढिजसो परेवाको प्रयोग गरेको पाईन्छ । यी यस्ता कालखण्ड पार गर्दै सूचना सञ्चारको पहुँचमा हामी नेपाली समाज प्रवेश गरिसकेका छन् । विकासमा ठूलो सहायता भए पनि त्यसको प्रयोगमा प्रभावकारी भैसकेको छैन ।

सञ्चारलाई राज्यको चौथो अंगका रुपमा पनि हेर्ने गरिन्छ । न्यायालय जस्तै निष्पक्ष रुपमा आफ्नो जिम्मेवारी वहन गरेका कारण सञ्चार माध्यमलाई राष्ट्रकै चौथो अंगको रुपमा परिचय दिएको छ । राज्य व्यवस्था प्रणाली, राज्यका हरेक गतिविधि र मानव चासोका विषयमा आफ्नो विवेक प्रयोग गर्ने माध्यम सञ्चार भएकै कारण आम जनमानसमा चासो र विश्वासको आधार भएको छ । अध्ययन, खोजमूलक सत्यतामा रहेर समाचार सम्प्रेशन गर्ने मूल आधार नै सञ्चार माध्यम भएकाले सहि तरिकाले प्रयोग गर्नु हाम्र्रो दायित्व हो । शिक्षा, चेतना र सञ्चारको प्रवाह गरि समाजका सबै वर्गलाई आत्मविश्वासको कार्यमा सहयोग पु¥याउने माध्यमको रुपमा सञ्चारलाई लिन सकिन्छ ।
विभिन्न जानकारी, सूचना तथा घट्नाको विषयमा सहि सञ्चार सम्प्रेशन गर्ने माध्यम नै सञ्चार माध्यम हो । सञ्चार प्रवाहमा विभिन्न माध्यमबाट गर्ने गरिन्छ । ती माध्यमहरुमध्ये www.aayokhabar.com आयोखबर अनलाईन डिजिटल पत्रिका सञ्चालनमा ल्याएको छ । अनलाईन माध्यमको रुपमा स्थापित गर्दै समाज र राष्ट्रकै हितमा सूचना सञ्चार प्रवाह गरि आम पाठकलाई सजग र सचेत गराउदै आफ्नो अधिकारको प्रयोगमा सहयोग पु¥याउने आधारको रुपमा विकास गर्दै लैजाने छ ।

समृद्ध नेपाल निर्माणका लागि विकास निर्माण पक्ष, सामाजिक, साँस्कृति तथा आर्थिक पक्षको विकासका लागि प्रोत्साहन र जानकारीमूलक शिक्षा र शन्देश प्रदान गरिनेछ । सरकारी कार्यालय होस या कुनै सार्वजनिक चासोका विषयमा सबै कुराको जावाफदेहिता बोध गराउन सरोकारवालाई खबरदारी गरी आम नागरिकलाई विकासको मूलधारमा ल्याउने काममा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको छ ।जबसम्म पारदार्शिता हुदैन तबसम्म त्यस क्षेत्रको विकासमा परिवर्तन आउँदैन। हरेक गतिविधिको वास्तविक सूचना सम्प्रेशन गरि पारदर्शिता र अनिमियतता रोक्न खबरदारी गर्न सूचना सञ्चार माध्यमको आवश्यक रहन्छ, तसर्थ यस अनलाईन सञ्चार माध्यम मार्फत स्थानीय तह र आम नागरिकबीच सहकार्य तथा पुलको कार्य गरि विकास निर्माण तथा परिवर्तनका लागि एक जुट बनाउन महत्वपूर्ण भूमिका निभाउने आशा गरेको छ ।

अनिमियतता अन्त्य गर्न प्रत्येक नागरिकले सहि सूचना प्राप्त गर्न पाउनुपर्दछ । सूचना हकको अधिकार प्रत्येक नागरिकलाई छ । विकास निर्माण तथा समाज परिवर्तनका लागि सबै समुदाय एकजुट हुनु अत्यन्त आवश्यक रहन्छ । ती आवश्यकतालाई आत्मसाथ गरि आफ्नो जिम्मेवारीलाई बहन गर्न सक्नु तपाईको विवेक र व्यक्तित्व हो । आफ्नो व्यक्तित्वलाई सधैं बचाईराख्न सूचना हकको प्रयोग गर्न अह्वान गरिन्छ । समाज विकासमा तपाई हाम्रो अहम भूमिक रहन्छ । आजैबाट सूचना हकको प्रयोग गरौं पारदर्शिता र जावाफदेहिताको वोध गर्ने बानी बसाऔं, हाम्रो शुभकामना छ ।