संविधानका पक्षधर शक्ति एक हुनु राम्रो: महामन्त्री सिंह

२१ आश्विन २०७४, शनिबार ०९:४८

काठमाडौं, २१ असोज । बाम एकता स्वागतयोग्य रहेको नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले बताउनुभएको छ । निर्वाचनमा मात्र मिलेर जानुपर्छ भन्ने होइन अब दीर्घकालीन एकता आवश्यक रहेको उहाँकोे भनाई छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधानका पक्षधर शक्ति एक हुनु राम्रो भएको भन्दै अहिले भएको बाम एकता स्वागतयोग्य रहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो“तत्काल कम्युनिष्ट एक भएर एउटै कम्युनिष्ट पार्टी निर्माण हुने देखिदैन ।” बाम एकतापछि काँग्रेसको नेतृत्वमा लोकतान्त्रिक शक्ति पनि एक हुनलागेको भन्दै उहाँले राष्ट्रिय मुद्दामा सबै कम्युनिष्ट एक हुनुपर्नेमा जोड दिनुभयो ।

तर एमाले र माओवादी दक्षिणपन्थी रहेको बताउँदै उहाँले अब यसलाई वास्तबिक कम्युनिष्ट बनाउन सके मात्रै पार्टी एकतामा जान सकिने बताउनु भयो । आफ्नो पार्टी अहिले पनि संघीयताको विरोधी रहेको बताउँदै उहाँले स्थानीय निकायको निर्वाचनले मात्रै संघीयता स्थापित नहुने बताउनुभयो ।