शनिबारको असिनापानीले धानबाली नष्ट

१२ कार्तिक २०७४, आईतवार ०९:०५

कात्तिक १२ धादिङ । शनिबार राती हुरीबतास र पानीसँगै परेको असिनाले उत्तरी धादिङको धानबाली नष्ट भएको छ ।

नेत्रावती गाउँपालिकाअन्तर्गत कटुन्जे, मार्पाक, गंगाजमुना गाउँपालिका र नीलकण्ठ नगरपालिकाको केही भागमा समेत असिनाले धानबाली नष्ट पारेको नेत्रावती गाउँपालिकाका अध्यक्ष नारायण शाक्यले जानकारी दिए ।

चाडपर्वका कारण पाकेको धान काट्ने बेलामा असिना परेर खेतमै धान झ¥यो । धान काट्दै गरेका र काट्न बाँकी सबैको धान असिनाले गर्दा सखाप भएको हो ।