वाम एकताको घोषणापछि कांग्रेस पनि प्रजातान्त्रिक मोर्चाको तयारीमा

१८ आश्विन २०७४, बुधबार ०१:३५

१८ असोज, काठमाडौँ । नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) तथा नयाँ शक्ति वाम एकताको घोषणा गरे लगत्तै कांग्रेसले पनि बृहत प्रजातान्त्रिक शक्तिबीच एकता गरी प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा जाने तयारी गरेको छ । नेपाली कांग्रेसका शीर्ष नेताहरूको मंगलबार बसेको अनौपचारिक बैठकले सो निष्कर्ष निकालेको खबर अन्नपूर्ण पोष्टमा छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहालले मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा एमालेलगायत केही दलबीच चुनावी तालमेल हुने जानकारी दिँदै कांग्रेस पनि आफ्नो राजनीतिक चरित्रसुहाउँदा शक्तिसँग एकता गरी अघि बढ्नुपर्ने बताएका थिए ।

 

कांग्रेसले यसबारे निर्णय लिन बुधबार कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।