लोकतान्त्रिक गठबन्धनमा सिट बाँडफाँटको सकस

८ कार्तिक २०७४, बुधबार ०९:४५

कात्तिक ८, काठमाडौँ । बाम गठबन्धनपछि गठन भएको लोकतान्त्रिक गठबन्धनमा सिट बाँडफाट निकै चुनौतीपूर्ण देखिएको छ । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा संघीय समाजवादी फोरम र राजपाले चुनावी तालमेल गरी लोकतान्त्रिक गठवन्धनको प्रमख घटक नेपाली काँग्रेससँग सिट बाडफाँटका लागि वार्तामा बस्ने गृहकार्यमा जुटेका छन् ।


दुवै दल प्रदेश नम्वर दुईमा धेरैभन्दा धेरै सिट लिने रणनीतिमा छन् ।

गत स्थानीय चुनावमा कांग्रेस पछि धेरै सिटमा विजयी संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र उपाध्यक्ष युवराज कार्कीले मोरङ र वरिष्ठ नेता अशोक राईले सुनसरीबाट उम्मेदवारी दिने तयारी गरेका छन् । फोरमले सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र रेणु यादवलाई समानुपातिक सूचिमा राखेको छ ।

त्यसैगरी नेताद्धय रामसहाय यादव र लालबाबु यादवले बाराबाट उम्मेदवारी दिने योजना बनाएका छन् । त्यसै गरी राजपा अध्यक्ष मण्डलका संयोजकहरुको सिट सुरक्षित हुनेगरी गठबन्धन गर्ने पार्टीको तयारी छ ।