रिसलाई काबुमा राख्न यी १० तरिकाहरू अपनाउनुहोस्

११ कार्तिक २०७४, शनिबार ००:१९

कात्तिक ११, काठमाडौँ । रिस हरेक प्राणीको गुण हो । यो मानिसमा पनि हुन्छ । मानिसले कहिलेकाहीँ रिसलाई काबुमा राख्न नसक्दा अप्रिय घटना पनि घट्ने गर्छन् । यसलाई काबुमा राखे मानिस हुनुको सार्थकतामा सकारात्मक गुण थपिन्छ ।

आउनुहोस्, जानिराखौँ रिसलाई काबुमा राख्ने यी १० उपायहरू ः

१. सिरानी वा अरू कुनै भित्तालाई नकुट्नुहोस्
रिस उठेपछि कसैले आफ्नो सिरानी, भित्ता तथा विभिन्न वस्तुलाई मुक्का हान्ने, चिथोर्ने गर्छन् । यदि तपाईँ त्यसो गर्नुहुन्छ भने एकछिन त साम्य होला तर तपाईँ अरूको नजरमा खराब देखिनुहुन्छ । त्यसैले त्यसो नगर्नुहोस् ।

२. कम्तिमा ३ पटक लामो स्वास लिनुहोस्
जब तपाईँलाई रिस उठ्छ, तब तपाईँको शरीरमा एकप्रकारको तनाव उत्पन्न हुन्छ । यस्तो बेला लामो स्वास लिनुपर्ने सेन्ट लुइस विश्वविद्यालयका प्राध्यापक रोबर्ट निकल्सन बताउँछन् । एक पटक गरेर हुर्नुहोस् न कति फाइदा गर्दो रहेछ ?

३. कतै विचरण (हिडेर) गर्न जानुहोस्
तपाईँलाई रिस उठ्दा तपाईँ बस्नु भएको स्थानभन्दा केही परसम्म हिड्नुहोस् । जब तपाईँ हिड्नुहुन्छ, तब रिस कम हुँदै जान्छ ।

४. आफूले आफूलाई चिमोट्नुहोस्
कहिलेकाहीँ कसैले गल्ती गरेको पक्कै हुन्छ र तपाईँलाई रिस उठ्न स्वभाविक हो । तर त्यसमा तपाईँ घिउ थप्ने काम नगर्नुहोस् । त्यसैले उसको गल्तीलाई भुल्न आफैलाई घरिघरि चिमोट्नुहोस् ।

५. रिस उठ्नाको कारण गहिरिएर बुझ्नुहोस्
डाक्टरहरूका अनुसार र प्रयोगात्मक परीक्षणका आधारमा रिस उठ्नाको कारण गहिरिएर बुझ्दा पनि रिसलाई कम गर्न सकिन्छ । किनकी कारणलाई गहिरिएर बुझ्दा शान्त तथा गम्भीर भएर सोच्नुपर्ने हुन्छ । यसो गर्दा समय पनि बितेको हुन्छ । समयसँगै रिस पनि काबुमा आउँछ ।

६. सामान्य व्यायामका अभ्यास गर्नुहोस्
सामान्य व्यायामका उपाय अपनाउँदा पनि रिसलाई कम गर्न सकिन्छ । जस्तै; पाखुरालाई हल्का गराउनुहोस् । हात मुठी नपार्नुहोस् । लामो स्वास तान्दै योगाभ्यास गर्नुहोस् ।

७. डायरी वा नोट लेख्नुहोस्
यदि तपाईँलाई रिस उठेमा डायरी वा नोटमा बयान गरेर लेख्नुहोस् । नम्र भाषा प्रयोग गरेर माफी मागेको कल्पना गर्दै लेख्नुहोस् ।

८. समताको भावना जागृत गर्नुहोस्
गम्भीर भएर एकपटक सोच्नुहोस् कि मानिस कति थरि हुन्छन् ? पक्कै पनि मानिस थरीथरीका हुन्छन् । कोही गल्ती गरिरहेका हुन्छन्, कोही आफ्नो गल्तीबिना पनि सजाय भोगिरहेका हुन्छन् । कोही राम्रो काम गरिरहेका हुन्छन्, जसले समाजमा पुरस्कार पाइरहेका हुन्छन् । त्यसैले मानिस न भगवान् हो न त राक्षस नै । मानिस त केवल मानिस नै हो । त्यसैले सबै समान छन् भन्ने भावना भित्री मनबाट जागृत गर्नुहोस् ।

९. तपाईको रिसको बारेमा तपाईँको नजिकको मान्छेसँग कुरा गर्नुहोस्
तपाईँले आफ्नो दुःख र खुसी बाँड्ने मान्छे पक्कै पनि हुनुहुन्छ । उही हो तपाईँको प्यारो वा नजिकको मान्छे । ऊ तपाईँको बुवा, आमा, दाइ, भाइ, दिदी, प्रेमी वा प्रेमिका, साथी अथवा जो कोही हुन सक्छ, जसले तपाईँको भावना बुझ्न सक्छ । हो उसैलाई आफ्नो रिसको बारेमा कुरा गर्नुहोस् । उसले तपाईँको कुरा अवश्य सुनेर केही न केही सकारात्मक प्रतिक्रिया दिनेछ ।

१०. केही चढेर घुम्नुहोस्
यदि तपाईँसँग साइकल छ भने साइकल चढेर आधा घण्टा कतै रमणीय स्थानतिर घुम्नुहोस् । यस्तै तपाईँसँग घोडा हुन सक्छ, मोटरबाइक हुन सक्छ वा कुनै चढ्ने वस्तु हुन सक्छ । त्यसैगरी तपाईँ पौडी खेल्न वा उफ्रिन सक्नुहुन्छ । यस्ता क्रियाकलापले तपाईँको रिस अमृत बन्न के बेर !

(विभिन्न एजेन्सीहरूको सयोगमा)