मोरङ क्षेत्र नं-५ बाट फोरम अध्यक्ष यादव सिफारिस

२५ आश्विन २०७४, बुधबार ०९:३१

काठमाडौं, २५ असोज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नाम प्रतिनिधिसभा सदस्यका लागि मोरङको क्षेत्र नं –५ बाट सिफारिस गरिएको छ ।

सो क्षेत्रबाट उहाँको एक मात्र नाम सिफारिस गरी पार्टीको केन्द्रीय कार्यसमितिमा पठाइएको पार्टीका जिल्ला अध्यक्ष राजकुमार यादवले जानकारी गराउनुभयो ।

पार्टी अध्यक्ष यादव मोरङ क्षेत्र– ५ अन्तर्गत विराटनगर–१४ को स्थायी बासिन्दा हुन् । यस अघि उहाँलाई सिरहा जिल्लाको क्षेत्र नं–१ बाट पनि प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरिएको छ ।