ब्राण्ड भ्यालुमा मेसी भन्दा विराट अघि, एक नम्बरमा फेडेरर

१० कार्तिक २०७४, शुक्रबार ०७:५०
कात्तिक १०, काठमाडौँ । फोर्ब्सको विश्वका मोस्ट ब्राण्ड भ्यालु भएका स्पोर्टस् टिम र खेलाडीको नाममा भारतका क्रिकेटर विराट कोहलीले अर्जेन्टिनाका फुटबल खेलाडी लिओनेल मेसीलाई पछि पारेका छन् ।

 सातौँ स्थानमा रहेका कोहलीको ब्राण्ड भ्यालु ११ मिलियन पाउण्ड हुँदा मेसीको नवौँ स्थानमा रहँदै १० मिलियन पाउण्ड ब्राण्ड भ्यालुमा रहेको छन् ।
 सबैभन्दा बढी ब्राण्ड भ्यालु भएको खेलाडी भने टेनिस लेजेण्ड रोजर फेडेरर छन् । स्वीस स्टार फेडेररको ब्राण्ड भ्यालु २८ मिलियन पाउण्ड रहेको छ । त्यस्तै दोस्रो स्थानमा लेब्रोन जेम्स र तेस्रोमा उसेन बोल्ट छन् । फुटबल खेलाडीतर्फ फिफा बेस्ट अवार्ड विनर क्रिस्टियानो रोनाल्डो अगाडि छन् ।