पुननिर्माणका लागि क्यानडा सरकारको डेढ अर्ब सहयोग

९ कार्तिक २०७४, बिहीबार ०२:४५

कात्तिक ९, काठमाडौं । क्यानडा सरकारले नेपालका पुर्ननिर्माणका लागि एक अर्ब पचास करोड बराबरको सहयोगको घोषणा गरेको छ ।
भूकम्पपछिको पुर्ननिर्माण आर्थिक वृद्धि स्वच्छ खानेपानी तथा सरसफाईका लागि सो सयोगको घोषणा गरेको हो । भूकम्प पछिको दाता सम्मेलनमा क्यानडाले पाँच अर्ब बीस करोड बराबरको सहयोग घोषणा गरेकोमा सबै सहयोग उपलब्ध गराईसकेको क्यानडा सरकारले जनाएको छ ।

तस्बीर : भीम लामा

हामीले प्रतिबद्धता जनाएअनुसारको सबै रकम उपलब्ध गराएका छौ । नेपाल र भारत हेर्ने क्यानडियन राजदूत नदिर पट्टेलले भने ५१.७ बिलियन डलरमध्ये बाँकी १४.७ बिलियन डलर पनि उपलब्ध गराएका छौं । अहिले उपलब्ध गराएको डेढ अर्बमध्ये १० बिलियन डलर अर्थत् एक अर्ब बराबर क्यानडाका पाँच पार्टनरमर्फत तीन लाख मानिस र बालबालिकाको स्वच्छ खानेपानी तथा सरसफाईका साथै यसका लागि १ सय २० समुदाय र सरकारी निकाय र २ हजार पाँच सय व्यक्तिलाई तालिम र क्षमता अभिवृद्धिमा सहयोग उपलब्ध गराउने उल्लेख गरेको कारोबार दैनिकमा छापिएको छ ।
उक्त रकम भूकम्पबाट जोखिममा परेका २८ हजार महिला तथा विपन्न समुदायको जीविकोपार्जनका लागि खर्च हुने छ । त्यसै गरि झण्डै ५० करोड भने ८० हजार घरधुरी निर्माण गर्ने गरि विश्व बैंकको ग्रामिण अवास पुननिर्माणका लागि गठित बहुकोषमार्फत खर्च गर्ने गरि उपलब्ध गराएको छ ।