नेपाल आईडलकी प्रमिलाको पहिलो गीत सार्वजनिक (भिडियोसहित)

१६ आश्विन २०७४, सोमबार ०४:४९

१६ असोज, काठमाडौँ । नेपालको पहिलो चर्चित रियालिटी शो नेपाल आईडलकी प्रतियोगी प्रमिला राईले आफ्नो पहिलो गीत ‘कान्छा होउ’ सार्वजनिक गरेकी छिन् ।

नेपाल आईडलको टप ७ बाट बाहिरिएकी प्रमिलाले आफ्नो पहिलो गीत ‘कान्छा होउ’ को म्युजिक भिडियो आफ्नो युट्युब च्यानल मार्फत दुई दिनअघि दशैँको टीकाको दिन सार्वजनिक गरेकी हुन् ।

गीतमा नेपाली तारा तेस्रो सिजनका विजेता प्रताप लामाको शब्द/सङ्गीत रहेको छ भने गोपाल रसाइलीको एरेन्ज रहेको छ ।

सुदित श्रेष्ठ र रक्षा श्रेष्ठको अभिनय रहेको भिडियोलाई हालसम्म २ लाख १६ हजार ८४ पटक हेरिएको छ ।