निर्वाचन रोक्ने काम भए संसद स्वतः पुनर्स्थापित हुन्छ ः प्रचण्ड

९ कार्तिक २०७४, बिहीबार १०:५२

कात्तिक ९, काठमाडौँ । लखन थापाद्वारा लिखित ‘आधुनिक नेपालको इतिहास’ नामक पुस्तकको विमोचन कार्यक्रममा कडा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कडा अभिव्यक्ति दिएका छन् । अध्यक्ष प्रचण्डले कार्यक्रममा बोल्दै निर्वाचन सार्ने काम गरिए विघटित संसद स्वतः पुनस्र्थापित हुने बताएका हुन् ।

अध्यक्ष प्रचण्डले प्रदेश र प्रतिनिधिसभा निर्वाचन हुने सुनिस्चितता भएकालेमात्रै संसद स्वतः विघटन भएको तर्क गर्दै चुनाव नहुने अवस्था आए संसद पुर्नस्थापना हुने बताए ।

उनले भने, ‘अदालतले यो कुरा सबै बुझेको छ । निर्वाचन प्रक्रिया सुरु भई मनोनयन समेत दर्ता भइसकेकाले संसद विघटन गरिएको हो । यदि निर्वाचन रोकाउने काम भए संसद स्वतः पुनःस्थापित हुन्छ ।’

उनले चुनाव नभए देश जटिलतातिर जाने चेतावनी समेत दिए । निर्वाचन आयोगले छापेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतपत्र फरक फरक रहेको उल्लेख गर्दै प्रचण्डले मतदाताहरुले आफ्नो अधिकार प्रयोग गर्न कुनै समस्या नभएको समेत सो क्रममा बताए ।