नरक चतुर्दशी

१ कार्तिक २०७४, बुधबार ००:२२

१ कात्तिक, काठमाडौं । आज नरक चतुर्दशी अर्थात् नरके बगाउने दिन हो ।

बिहानै अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरके नुहाउने विधिसमेत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ ।