नबिल बैंकद्वारा प्रहरी बृत्त, दरबारमार्गलाई डिजिटल डिस्प्ले बोर्ड र एल.इ.डि टेलिभिजन हस्तान्तरण

२७ आश्विन २०७४, शुक्रबार १४:०२

असोज २७, काठमाडौं । नबिल बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग स्वरुप महानगरीय प्रहरी बृत्त, दरबारमार्गलाई ईलेक्ट्रोनिक डिजिटल डिस्प्ले बोर्ड र एल.इ.डि टेलिभिजन हस्तान्तरण गरेको छ । उक्त सामाग्रीहरु प्रभावकारी  मनिटरिङ र सामाजिक जागरुकता बढाउने सन्देशहरु प्रसारण गर्नका लागि प्रदान गरिएको हो ।

बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले बैंकका प्रमुख कार्यकारी अधिकृत, सशिन जोशी तथा उच्च पदश्थ अधिकारीहरुको उपस्थितीमा बृत्तका प्रहरी नायब उपरिक्षक तिलक भारतीलाई हस्तान्तरण गरेका हुन्   । नबिल बैंकले आर्थिक बर्ष २०७३÷७४ मा बैंकिङ उद्योगमै रु।३ अरब ६१ करोड उच्चतम मुनाफा गर्न सफल भएको र शेयरमा आम्दानी २६.६५ प्रतिशत र प्रति शेयर आम्दानी रु.५८.४१ का साथ आफ्नो वासलात विस्तार गर्दै रु. १ खरब ४० अरब पु¥याएको छ । गत आर्थिक बर्षको मुनाफाबाट ३० प्रतिशत बोनश शेयर र १८ प्रतिशत नगद लाभांश गरी जम्मा ४८ प्रतिशत लाभांशको घोषणा गरेको छ ।