तेस्रो नेपालगन्ज म्याराथन अर्को महिना हुने

१४ कार्तिक २०७४, मंगलवार ०८:२१

कात्तिक १४, बाँके । दश बर्षे सशस्त्र द्वन्द्वको औपचारिक अन्त्य भएको र शान्ति सम्झौता भएको ०६३ मंसिर ५ गतेको स्मरणमा हुने नेपालगन्ज म्याराथनको तेस्रो संस्करण अर्को महिना नेपालगन्जमा हुने भएको छ ।

Runners take part in the New York City Marathon in New York November 1, 2015. REUTERS/Carlo Allegri – RTX1UADA

‘शान्ति सदभाव र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिवद्धता’ नाराका साथ आयोजना हुने उक्त म्याराथनको नगद पुरस्कार राशी वृद्धि गरिएको छ । आयोजक क्रियटिभ ह्याण्ड्सले सोमवार पत्रकार सम्मेलन गरी नेपालगन्ज म्याराथनको तेस्रो संस्करण भव्य बनाउन पुरस्कार राशीमा बृद्धि गरिएको जानकारी दिएको हो ।

पुरुष खुल्लातर्फ विजेताका लागि पाँच हजार राशी थप गरी ५५ हजार पु¥याइएको छ । त्यसैगरी दोस्रोले २५ हजार, तेस्रोले १५ हजार नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । खुल्ला म्याराथनतर्फ शीर्ष आठ जनालाई पुरस्कृत गर्ने क्रममा चौथो स्थान हासिल गर्नेले दश हजार, पाँचौंले ८ हजार, छैठौंले सात हजार, सातौंले छ हजार र आठौंले पाँच हजार नगद पाउनेछन् ।

त्यस्तै महिला खुल्ला हाफ म्याराथनमा विजेतालाई ३० हजार, द्वितीयले १५ हजार र तृतीयले १० हजार पाउनेछन् । हाफ म्याराथनमा चौथो स्थान हात पार्नेले सात हजार, पाँचौंले छ हजार र छैठौंले पाँच हजार पाउनेछन् ।