क्षेत्र नं. ३ काठमाडौंले कांग्रेस प्रतिनिधि सभाका लागि केन्द्रसम्म महोल ततायो

२५ आश्विन २०७४, बुधबार ११:०७

असोज २५, काठमाडौं । प्रदेश र प्रतिनिधि सभाको निर्वाचन मंसिर १० र २१ गतेको मिति तोकिएसंगै विभिन्न राजनीतिक दलहरु आ–आफ्नो बलियो उम्मेदार बनाउन कसरतमा छन् । त्यस्तै काठमाडौं क्षेत्र नं. ३ मा भने नेपाली कांग्रेसले प्रतिनिधि सभाका लागि प्रतिक्षतर्फ परशुराम पोखरेल र अम्बिका बस्नेतको नाम सिफारिस गरेका छन् ।

 

काठमाडौं निर्वाचन क्षेत्र ३ को विषयलाई लिएर कांग्रेस पार्टी केन्द्रसम्म महोल तातेको छ । राजधानीकै भौगोलिक, जनघनत्व र राजनीतिक दृष्ट्रिकोणले सबै दलको ध्यान आकर्षणको थलोको रुपमा चिनिएको यस क्षेत्रमा नेपाली कांग्रेसबाट वर्तमान मन्त्री समेत टिकटका लागि दौडधुपमा रहेकी छिन् । त्यस्तै दुई पटक महासमिति सदस्य तथा क्षेत्रिय सभापति समेत भइसकेका परशुराम पोखरेल पनि आफ्नो टिकटको लागि दौडधुपमा छन् । निर्वाचन क्षेत्रभरिका १३ वटा इकाईमध्ये बस्नेत ११ वटा इकाईबाट मात्र सिफारिसमा परेकी छिन् भने पोखरेल १३ वटै इकाईबाट सिफारिस भएका छन् । क्षेत्र नं. ३ बाटै सामानुपातिक सांसद तथा मन्त्री समेत रहेकी बस्नेत आफ्नै इकाई बौद्ध र सुन्दरीजलबाट सिफारिसमा परेकी छैनन् ।

 

पोखरेल वी.पी.संग्रहालय सुन्दरीजलको संस्थापक अध्यक्ष र २०६२÷०६३ को आन्दोलनमा काठमाण्डौ क्षेत्र नं. ३ मा कमाण्डर भई नेतृत्व समालेका लोकप्रिया नेताको रुपमा मानिन्छन् । २०३६ सालको जनमत संग्रहमा सुन्दरीजल नयाँपाटीको अध्यक्ष भई राजनीतिक यात्रालाई सक्रिया भूमिका निभाउँदै आएका पोखरेल विभिन्न राजनीतिक परिवर्तनका जिम्मेवारी सम्माल्दै आएका छन् । त्यस्तै ०४२ सालको सत्यग्रहमा भाग लिएको र ०४६ सालको जनआन्दोलनमा सक्रिया भूमिका खेल्दै २०५१ सालमा टे«ड युनियन काँग्रेस राष्ट्रिय समितिको सदस्य तथा स्वास्थकर्मी संघको संस्थापक अध्यक्ष समेत बनिसकेका छन् ।

२०६२÷०६३ को आन्दोलनमा केन्द्रिय स्वास्थ संयोजक भएका पोखरेल आफै स्वास्थ्य कर्मी समेत रहेकाले सयौं आन्दोलनका घाईते तथा कांग्रेसका नेताहरुको समेत उपचार गरिसकेका छन् त्यस्तै नेता कृृष्णप्रसाद सिटौलालाई समते आन्दोलनमा घाइते हुदाँ उपचार तथा उद्धार गरेका थिए ।

काठमाडौं क्षेत्र नं. ३ को राजनीतक इतिहास हेर्ने हो भने कम्युनिष्टहरुको गढको रुपमा चिनिन्छ । तत्कालीन मालेका महासचिव मदन भण्डारी, मनमोहन अधिकारी देखि वर्तमान राष्ट्रपति विद्यादेवि भण्डारी सम्मको राजनीतिक थलोको रुपमा चिनिने यस क्षेत्र अन्य दललाई चुनौतीको रुपमा पनि सावित भएको छ । तथापी आगामी मंसिर २१ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसले काठमाडौं क्षेत्र ३ मा प्रत्यक्ष प्रतिनिधि सभाका लागि परशुराम पोखरेललाई इकाई र वडा समितिबाट पक्कापक्की गरि सिफारिस गरिएको छ ।

२०५६ सालमा तत्कालीन माले र एमाले विभाजन भएर चुनावमा भाग लिएका थिए । मालेले ६ हजारभन्दा बढि मत काट्दा समते नेकपा एमालेले विजय हासिल गरेको थियो र सो निर्वाचनमा अम्बिका बस्नेत त्यस क्षेत्रबाटै पराजय भएकी थिईन् ।

काठमाडौं क्षेत्र नं. ३ को इतिहास हेर्ने हो भने अन्य दललाई वर्तमान गठबन्धनसंग सामना गर्न चुनौति रहेको पाईन्छ । उक्त गठबन्धनसंग प्रतिस्पर्धा गर्न कांग्रेसबाट सिफारिस भएका मध्ये पोखरेल बलियो दाबेदार र उम्मेदारका लागि प्रवल संभावना मानिन्छ ।