अर्घाखाँचीमा बस दुर्घटना हुँदा २ को मृत्यु, ३० बढी घाइते

२० आश्विन २०७४, शुक्रबार ०५:३७

काठमाडौं, २० असोज । अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं. २ सापडाँडामा बस दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ भने ३० बढी घाईते भएका छन् ।

मालारानी गाउँपालिकाको अर्घातोष डाँडाकटेरीबाट बुटवलतर्फ जाँदै गरेको यात्रुबाहक बस शुक्रबार बिहान ८ः३० बजे दुर्घटनामा परेको हो ।
लु १ ख ७५१८ नम्बरको बस मालारानी ३ सापडाँडामा दुर्घटना भएको हो । घाइते मध्ये १० जनाको अबस्था गम्भीर रहेको जनाईएको छ ।

बस सडकदेखि २ सय मिटर तल खसेको छ । घाइतेको उपचारका लागि सन्धिखर्क, तम्घास पठाउने काम भैरहेको घटनास्थलबाट स्थानीय भरत थापाले जानकारी दिए । अर्घाखाँची जिल्ला प्रहरी कार्यालयले दुर्घटनाको पुष्टि गर्दै विस्तृत विवरण आउन बाँकी रहेको जानकारी दिएको छ ।