अर्घाखाँचीमा जीप दूर्घटना, एकको मृत्यु ८ घाइते

६ कार्तिक २०७४, सोमबार ०९:२१

कात्तिक ६, अर्घाखाँची । गुल्मीको पुर्कोटदहबाट बुटवलतर्फ जाँदै गरेको लु १ च ६७६६ नम्बरको बोलेरो जिप सोमबार अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ जगत, ढाडखोलामा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा अरु ८ जना घाइते भएका छन् । ज्यान गुमाउनेमा गुल्मी, पुर्कोटदहकी ३३ वर्षीया शारदा केसी हुन् ।जिप सडकबाट करिब २०० सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

घाइते सबैलाई उपचारका लागि बुटवल लगिएको अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।