अपमानित भएर सरकारमा बसिरहनुको औचित्य नभएको पूर्वमन्त्री पौडेलको जिकिर

८ कार्तिक २०७४, बुधबार ०५:४४

कात्तिक ८,काठमाडौं । माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री धनिराम पौडेलले पार्टी ‘अपमानित भएर सरकारमा बसिरहनु भनेको सत्तामोह र एकाध महिना भएपनि जागिर खाऊँ भन्ने लोभ बाहेक’ अरु केहि नभएको जिकिर गरेका छन् ।

सामाजिक सञ्जालमार्फत पूर्वमन्त्री पौडेलले सरकारले चुनाव सार्न सक्ने भएकाले चुनावको सुनिश्चितताको लागि विना विभागीय भए पनि सरकारमा बस्ने कुरालाई एक हदसम्म स्वभाविक माने पनि अब उम्मेदवारहरुले मत माग्न थालिसक्दा पनि निश्पक्ष, स्वच्छ र धाँधलिरहित चुनाव गर्न मन्त्री पदमा रहिरहनु आवश्यक छ भन्ने आशय व्यक्त गर्दै सरकारमा अपमानित भएर बसिरहनुको औचित्य नभएको बताएका हुन् ।
उनले पार्टीको तर्फबाट मन्त्री भएकाहरुलाई फिर्ता बोलाउनु वा राजिनामा दिनु सान्दर्भिक हुने समेत बताएका छन् ।