अपडेट : दुई ठूला सडक दुर्घटनामा परी १८ जनाको मृत्यु, १० जना घाइते

१३ कार्तिक २०७४, सोमबार १४:५१

कात्तिक १३, काठमाडौं । उदयपुरको कटारीबाट ओखलढुगाको लागि छुटेको टाटासुमो दुर्घटनामा ज्यान जानेको संख्या ९ पुगेको छ।

सोमबार दिउँसो कटारीबाट ओखलढुंगाको लागि छुटेको ना १ ज ३४०४ नम्बरको टाटासुमो उदयपुरको कटारी नगरपालिकाको वडा नं। ११ ठाँटीमा दुर्घटना हुदाँ चालकसहित ९ जनाको ज्यान गएको हो।

इलाका प्रहरी कार्यालयका डिएसपी महेन्द्र कुमार श्रेष्ठका अनुसार ८ जनाको घटना स्थलमै ज्यान गएको गाडी चालक हरि कार्कीको कटारी अस्पतालमा उपचारको क्रममा ज्यान गएको जानकारी दिए। ज्यान जानेमा ८ पुरुष र १ महिला छन् ।

घाइते मध्ये २ को अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । ज्यान गएकाहरु कसैको सनाखत हुन सकेको छैन । स्थानीयबासी र इलाका प्रहरी कार्यालयका डिएसपीसहितको टोलीले घाइतेको उद्दार गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

 

गुल्मीको बिरवासमा दुर्घटना हुँदा ९ जनाको मृत्यु

बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको माइक्रो गुल्मीको बिरवासमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । सोमबार बिहान तम्घासका लागि छुटेको बा४ख ५५०१ नम्बरको माइक्रो गुल्मीदरबार गाउँपालिका वडा नम्बर ४ मा दुर्घटनामा भएकत्त थियो । दुर्घटनामा ९ जनाको मृत्यु भएको र ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए । बुटवलबाट १३ जना यात्रु लिएर तम्घासका लागि छुटे पनि बीच बाटोबाट गाडीमा यात्रु थपिएको प्रहरी जनाएको छ ।

दुर्घटनामा ६ जनाको घटनास्थलमै,दुई जनाको उपचारका लागि अस्पताल लैजादै गर्दा र एक जनाको उपचारका क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेहरुमा तीन जना महिला र ६ जना पुरुष रहेका छन् । मृत्यु हुने मध्ये ४ जनाको सनाखत भएको छ ।