अन्नपूर्ण बेसक्याम्पमा नायिका साम्राज्ञीले गरिन “तिमि सँग ” को इन्डक्ल्याप

१२ कार्तिक २०७४, आईतवार १५:१२

कात्तिक १२, काठमाडौँ। ड्रिम्स र ए मेरो हजुर २ सफल भएपछि अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहको लोकप्रियता बजारमा झनै बढेको छ। थुप्रै चलचित्रहरुको अफर उनलाई आईरहेका छन्। साम्राज्ञी थोरै तर राम्रा चलचित्र खेल्ने योजनामा छिन्। त्यही भएर नै अफर आएका मध्ये केही चलचित्र खेल्ने मौखिक सहमति मात्रै साम्राज्ञीले गरेकी छिन्।

२ चलचित्र सफल भएपछि उनी तेस्रो चलचित्र तिमीसँगको काममा व्यस्त छिन्। चलचित्रको पर्दामा पहिलो पटक अन्नपुर्ण बेस क्याम्पको दृश्य कैद गर्दै यो चलचित्रको छायाँकन सकिएको छ। साम्राज्ञीसँगै आकाश श्रेष्ठ, नाजिर हुशेन लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको प्रेम कथात्मक चलचित्रको टाइटल संगको छायाँकन बेस क्याम्पमा गरिएको हो।

टुरिष्ट गाइडको प्रेम कथा बाल्ने चलचित्र प्रति साम्राज्ञी निक्कै आशाबादी छिन्। चलचित्रको क्यानभास मनमोहक छ, संगीत पक्षले पनि दर्शक स्रोताको मन जित्ने उनले आश राखेकी छिन्।

निर्देशक शिशिर राणा नेपाली चलचित्रमा अन्नपूर्ण बेसक्याम्पको सुन्दर दृश्य कैद गर्न पाउँदा भाग्याशाली महशुष गरी रहेका छन्। पुनहिल, घोरोपनी, देउराली, घान्दु्रक लगायतका क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत चलचित्रले महत्वपुर्ण भुमिका खेल्ने निर्माता तथा लेखक समेत रहेका राणाले विश्वास लिएका छन्।