८८ केजी सुन तस्करी ‘सशस्त्रकै मिलेमतोमा भएको खुलासा

१३ कार्तिक २०७४, सोमबार ०१:०४

कात्तिक १३, काठमाडौं । महानगरीय अपराध महाशाखाले १९ भदौमा बरामद गरेको अबैध ८८ केजी सुन तस्करीमा रसुवाको केरुङ नाकामा सुरक्षार्थ खटिएका शसस्त्र प्रहरीको सहयोगी भूमिका रहेको देखिएको छ ।

उच्च स्रोतका अनुसार ८८ केजी सुन ल्याउन प्रयोग भएको गाडी चलाउन ड्राइभर खोजीदिने काम केरुङ नाकाको सुरक्षार्थ खटिएका शसस्त्र प्रहरीका जवान विष्णु पण्डितले गरिदिएका थिए ।  प्रहरीले सुन बरामद भएलगत्तै तस्करीको सुन ओसार्न प्रयोग गरीएको गाडी चलाएका मनोज अधिकारीसहितका तीन चालक पक्राउ गरेको थियो ।

 

तिनै चालकहरुले दिएको बयानका आधारमा नेपाल प्रहरीले तस्करीमा शसस्त्र प्रहरीको शंस्कास्पद भूमिकामाथि छानविन सुरु गरेको थियो ।  प्रहरीका अनुसार सुन ओसार्न १५ भदौमै गाडी रसुवाको केरुङ नाका हुँदै चीन पसेको थियो ।त्यसैले काठमाडौं प्रहरी परिसरले अनुसन्धानका क्रममा उक्त दिन ड्युटीमा खटिएका सशस्त्र प्रहरीको नामावली माग्दै पत्राचार गरेको थियो । – कान्तिपुर दैनिकबाट