सेयर बजारमा गिरावट जारी

१३ कार्तिक २०७४, सोमबार १५:००

कात्तिक १३, काठमाडौं । सोमबार पनि सेयर बजारमा गिरावट जारी रह्यो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से साढे ३ अंकले ओरालो लागेर १५ सय ३६ मा आएर थामियो । मध्याह्नतिर सकारात्मक भइसकेको नेप्से पुनः ऋणात्मक बन्न पुगेको हो । जलविद्युतबाहेक अरु सबै समूह ऋणात्मक रह्यो ।

बिमा समूहमा सबैभन्दा उच्च ३१ अंकको गिरावट आयो । विकास बैंक समूह पनि दोहोरो अंकले झर्दा अरु समूह भने सामान्य अंकले रातो रहेका हुन् । जलविद्युत समूह भने ७ अंकले सकारात्मक रह्यो । यसदिन नेपाल स्टक एक्सचेन्जमा १५६ कम्पनीका १४ लाख ९४ हजार कित्ता सेयर ४४ करोड ८३ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।