सेनाको हवाई आक्रमणमा परी सिरियामा ३०४ जना मारिए

असोज १८, काठमाडौं । रसियाली सेनाको हवाई आक्रमणमा परी सिरियामा ३०४ जना मारिएका छन् ।

सिरियाली सेनालाई सघाइरहेको रुसी सेनाको हवाई आक्रमणमा यूफ्रेट्स नदीको पूर्वी किनारामा बस्दै आएका ३०४ विद्रोही दुई दिनमा मारिएको दावी रसियाली रक्षा मन्त्रालयले गरेको हो ।

मारिनेमा सात जना आइएसका विभिन्न तहका स्थल कमाण्डर रहेको दावी रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनासेनकोभको छ । आक्रमणमा अरु १७० जनाभन्दा बढी घाइते भएका छन् । आक्रमणबाट विद्रोहीले प्रयोग गर्दै आएका आश्रयस्थल, थुप्रै बन्दोबस्तीका सामान तथा हतियार पनि नष्ट भएको दावी गरिएको छ । (एजेन्सी)


प्रकाशित | २०७४ आश्विन १८ प्रकाशित ०२:४६

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ