सप्तरीका बाढीपीडितलाई अमेरिकाबाट राहत

२५ असोज, सप्तरी । अमेरिकाबाट पठाइएको राहत समाग्री सप्तरीको तिलाठी कोइलाडीका बाढीपीडित एकल महिलालाई मंगलबार वितरण गरिएको छ ।

अमेरिकामा रहेका भारतीय तथा नेपाली नागरिकबाट संकलन गरिएको राहत जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा रहेका करिब २ सय ५५ जना एकल महिलालाई राहत वितरण गरिएको सक्षम फाउण्डेशन नेपालका संयोजक सुजित सिंहले बताए ।

उनीहरुलाई ३० केजी चामल, दुई केजी दाल, एक प्याकेट नुन, दुई थानका दरले, नुहाउने र लुगा धुने साबुन र एक थान बालटिनलगायतका राहत सामग्री वितरण गरिएको संयोजक सिंहले बताए ।

त्यस्तै, चारवटा खानेपानी ट्युबवेलसमेत वितरण गरिएको छ भने बाढीबाट स्थानीय हरेराम सिंहको घर पूर्णरुपमा क्षतिग्रस्त भएकाले उनको परिवारलाई रु १० हजार आर्थिक सहयोगसमेत गरिएको बताइएको छ । (रासस)


प्रकाशित | २०७४ आश्विन २५ प्रकाशित ०३:०४

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ