सन २०१७ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कारका घोषणा

२३ आश्विन २०७४, सोमबार १४:२२

असोज २३, काठमाडौं । यो वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कारका घोषणा गरिएको छ । सन २०१७ को अर्थशास्त्रको लागि नोबेल पुरस्कार युनिभर्सिटी अफ सिकागोका रिचार्ज एच थालेरले जितेका छन् । १० करोड राशिको अर्थशास्त्रको नोवेल पुरस्कार पाउनेमा रहेका उम्मेदवारको सूची मध्येबाट सिकागो यविश्वविद्यालयका प्राध्यापक रिचार्डलाई दिइएको हो । स्विडेनमा सोमवार घोषणा भएको अर्थशास्त्रतर्फको नोबेल पुरस्कारको विजेता बन्ला भन्नेमा सबैको आआफ्नै अड्कलबाजी र अनुमान भइरहेका बेला रिचार्डले पुरस्कार जितेका हुन् ।

सन् १९६८ मा स्थापना भएको यो पुरस्कार हालसम्म ७८ जनाले हात पारिसकेका छन् । सन् २०१६ मा हार्वर्ड युनिभर्सिटीका ओलिभर हार्ट र म्यासाच्युसेट्स इन्ष्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)का बेङ्ग्ट होल्मष्टर्मलाई सो पुरस्कारदिइएको थियो । यस वर्षको पुरस्कार आर्थिक वृद्धि र मौद्रिक नीतिजस्ता क्षेत्रमा काम गरेका उम्मेदवारमध्येबाट रिचार्डले पाएका हुन् ।

कर्पोरेट वित्तमा निर्णयहरूको आयामलाई उजागर गर्ने कुरामा पुर्‍याएको योगदानका आधारमा हार्वर्डका माइकल जोन्सन, एमआईटीका स्टेवार्ट मायर्स र भारतको रिजर्भ बैंकका पूर्व गर्भनर युनिभर्सिटी अफ सिकागोका रघुराम राजन पनि सम्भावित विजेताका रूपमा छानिएका थिए ।