सनराइज बैंकको साइकल र्‍याली

२१ आश्विन २०७४, शनिबार १५:१२

असोज २१, काठमाडौं । सनराइज बैंकले आफ्नो १०औं वार्षिकोत्सवको अवसर पारेर शनिबार साइकल र्‍यालीको आयोजना गरेको छ ।

‘वातावरणका लागि एक’ भन्ने अभियानका साथ साइकल र्‍याली गरेको बैंकले जनाएको छ ।

बैंकको कार्यालय गैरीधाराबाट सुरु भएको साइकल र्‍याली चाबहिल, महाराजगन्ज, पानीपोखरी, लैनचौर, कमलपोखरी हुँदै कीर्तिपुर पुगेर पुनः बैंकको कार्यालय गैरीधारामा आएको थियो । साइकल र्‍यालीमा करिब २०० जनाको सहभागिता रहेको बैंकले जनाएको छ ।