विश्व जुनियर जुडो च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडी सहभागी हुने

असोज २८, काठमाडौं । क्रोएसियाको जाग्रेबमा हुने विश्व जुनियर जुडो च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडी सहभागी हुने भएका छन् ।

अक्टोबर १४ देखि २४ तारिखसम्म सञ्चालन हुने प्रतियोगिताको पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ र महिला ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधानले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । टिम व्यवस्थापकमा बाबुराजा महर्जन तथा प्रशिक्षकमा दलबहादुर गुरुङ छन् ।

 

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे । टोली शनिबार क्रोएसिया प्रस्थान गर्नेछ ।


प्रकाशित | २०७४ आश्विन २८ प्रकाशित १४:२८

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ