“विगत सपना बनी निदाउन दिएन“

५ कार्तिक २०७४, आईतवार ११:३३

 

दिनभरिको शारीरिक श्रमले मस्त निदाउछिन् उनी । अरु बेला भन्दा छिट्टै सुतेकी उनी खै किन हो आज छिट्टै बिउझिएको देख्छु म । समय तेस्तै रातको २ जति बजेको हुन’ पर्छ । उनी सुति रहेको ओछ्यानबाट जुरुक्क उठ्छिन् अनि निन्द्रामै बर्बराउन थाल्छिन् । “सेना आयो हामी घेराबन्दीमा पर्यौ भागौ । अब के गर्ने रु लौ न उपाय बताइ देउ ।” उनको बोलीमा केही स्पस्ट र केही अस्पष्ट थियो । उनी “एकोहोरो लौ न के गर्ने ? उ…… हेलिकप्टर पनि आयो” । उनी राम्ररी बिउझिएकी पनि चिइनन् ।

बिउझाउन बाध्य थिएँ म । शान्ती उठ तिमीलाई के भयो ? किन यसरी बर्बराको ? म बिस्तारै उनलाई हल्लाउन पुग्छु उनी पूर्ण होसमा आएकी छैनन् । “मलाई नसमाउनोस् बिन्ती छ म भाग्छ’ । म भाग्छु ।” त्यसपछी मैले बेस्सरी हल्लाए अनी उनी निन्द्राबाट बिउझिइन् । उ थर–थर कामी रहेकी थिइन् । मैले चिसो पानी खान दिएँ ।

तिमीलाई के भयो शान्ती ? किन आत्तिएकी तिमी ? उनी चुपचाप छिन् तर म एकोहोरो सोधी रहन्छ’ । केही त बोल प्लिज । उनी बोल्न थालिन् ।
“म पहिला शसस्त्र जनयुद्धको बेला एक योद्धा थिए ।” अनि के भो त मैले सोधे । त्यति बेलाको यथार्थ आज सपनामा आयो । कसरी ? मैले एक्कै सासमा सोधे । फेरी उनले देखेकी सपना सुनाउन थालीन् । सपना यस्तो थियो । “म सुरक्षाको निम्ती सेन्ट्री बसि रहेको थिएँ एक्कसी मेरो छेउमा सर्वसाधारण जस्तो लोग्ने मान्छे आइपुग्यो । शङ्का त मलाई सेना पुलिस होकि जस्तो नि लागेको थियो । त्यो मान्छे मलाई देख्ने बित्तिकै फर्कियो । अनि म टोलीलाई खबर दिन आए । मैले सँगसँगै तेस्तै चार पाचजना बन्दुकधारी ड्रेसमा सेना पुलिस देखे । त्यससपछी घेराबन्दीमा परे छौ भनि थाहा पाए । अनि भाग्न खोज्यौ ड्याङ्ग । हवाईफाएर भो ।

 

म भाग्दै गएको थिए सेनाले साथीहरुलाइ तितर बितर पारी सकेको थियो । जे होस् म सेनाको नजरबाट निकै टाढा पुगि सकेको थिए । समृद्धि पनि भाग्दै रहिछ । सन्जोकले हामी दुइ एक्कै ठाउँमा पुग्यौं । हेलिकप्टर टाउको माथीमाथी घुम्दै थिए एक पतालो झाडी जस्तो ठाउँमा क्यामो फ्लाइज भएर बस्न लाग्दा हेलिकप्टर नजिक मेरो सामुन्ने आएको देखे अनि बिना प्रतिरोध म अब मर्दै छ’, गिरफ्तार हुँदै छ’ भनेर डराईरहेको थिएँ तर एक्कासि तपाइले बिउझाइदिन’ भो ।”

 

हिजो युद्ध लडेको एक योद्धा आज पनि निदाउन सकिरहको छैन । हिजो उनले आफ्नो ज्यान प्राण सम्झेको पार्टी हेडक्वाटर कहाँ पुगि सक्यो । विचरी शान्तीको जीवन नाममा सिमित ३३५ आरक्षण भित्र सिमित छ । उसले पार्टी र बाम एकताको कुरा छेउ टुप्पो बुझ्न सकेकी छैन । कसैले बुझाएनन् पनि ।   शान्ती मात्र होईन कैयौं योद्धाहरुको पीडा यस्तै छ । उनीहरुले बुझ्न सकेका छैनन् । के शान्ती जस्तै योद्धा सपनामा क्रान्तिको त्रास र विपनामा आशमा अलमलिएर मात्र बसुन ?

रचना मोक्तान “यात्री”

काभ्रे