लामखुट्टे मार्न मालाथिनको धुवाँ

९ कार्तिक २०७४, बिहीबार ०७:४७

कात्तिक ९, काँकडभिट्टा । झापाका प्रमुख सहरहरू बिर्तामोड, भद्रपुर र अर्जुनधारमा डेंगुको सङ्क्रमण बढेपछि लामखुट्टे मार्न विषादीयुक्त मालाथिनको धुवाँ (फगिङ) छर्किन थालिएको छ ।

स्थानीय नगरपालिकाले रोगको जड लामखुट्टे नै मारेर सखाप पार्ने उद्देश्यले फगिङ विधिमार्फत विषादी छर्किन थालेको हो । मालिथनको धुवाँ फैलेपछि लामखुट्टे मर्छन् ।

भद्रपुर नगरपालिकाले बुधबार अपराह्नदेखि बिर्तामोड र अर्जुनधारा र भद्रपुर नगरपालिकाका विभिन्न वडामा फगिङ गरेको छ ।

हालसम्म झापामा ४ सय जनालाई डेंगु संक्रमण भइसकेकामा ३ सय भन्दा बढी बिरामी बिर्तामोड नगर क्षेत्रका छन् । रोगको प्रकोप फैलिरहँदासमेत नगरपालिकाले खासै नियन्त्रणको उपाय नअपनाएको भनी आलोचना भइरहेका बेला बुधबारदेखि तीन वटै नगरमा मालाथिन फगिङ थालिएको हो ।