राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउबाले दिए छठ पर्वको शुभकामना

कात्तिक ९, काठमाडौं । महान् पर्व छठका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायत विभिन्न राजनीतिक दलका नेताहरुले शुभकामना व्यक्त गरेका छन् ।

 

राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्दै सूर्य देवता र छठी माताको पूजा आराधना गरी मनाइने छठ पर्वले नेपालीमा राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप र आपसी सद्भाव कायम गर्न सफल रहोस् भन्ने कामना गरेकी छिन् ।

त्यसैगरी उपराष्ट्रपति पुनले पनि पवित्र छठ पर्वले नेपालीहरुबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र बलियो एकता अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गरेकी छिन् ।  प्रधानमन्त्री देउवाले छठ पर्वको अवसरमा शुभकामना दिँदै यो पर्वले सबै नेपालीबीच भावनात्मक एकता र सहकार्यको सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरेका छन् ।

त्यसैगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरुले पनि छठले आपसी प्रेम, सद्भाव र मित्रता बढाउँदै सामाजिक एवम राष्ट्रिय एकतालाई बलियो बनाउन प्रेरणा दिने बताएका छन् ।


प्रकाशित | २०७४ कार्तिक ९ प्रकाशित ०२:५५

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ