राप्रपाले ६५ जिल्लाबाट करिब २०० उम्मेदवारको नाम सिफारिस

२७ आश्विन २०७४, शुक्रबार ०४:३४

असोज २७, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले देशका ६५ जिल्लाबाट आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाका करिब २०० उम्मेदवारको नाम सिफारिस गरी केन्द्रमा पठाएको छ ।

पार्टीका जिल्ला संगठनले पठाएका उम्मेदवारको छनोट चाँडो संसदीय समितिको बैठक बसेर गरिने प्रवक्ता भुवन पाठकले जानकारी दिए । सिफारिस आउने क्रम जारी रहेको भए पनि शनिबार साँझसम्म उम्मेदवार चयन गरिने छ ।

पछिल्लो पटक वामपन्थी शक्तिबीच धु्रवीकरण भएपछि पार्टीले लोकतान्त्रिक गठबन्धनसँग एकता गरी निर्वाचनमा जाने निर्णय गरेको छ ।
समानुपातिकमा भने पार्टी संगठन सुदृढीकरणमा योगदान गर्नाका साथै सम्बन्धित क्षेत्रमा लोकप्रिय भई जनताको सेवालाई केन्द्रमा राखी विश्वास आर्जन गरेका योग्य उम्मेदवारलाई छनोट गरिने पार्टीले जनाएको छ ।