राजनीतिक संघर्षको युग सकिएकाले अबको यात्रा विकास र समृद्धितर्फ हुने भन्दै एमाले अध्यक्ष ओलीले दिए छठको शुभकामना

९ कार्तिक २०७४, बिहीबार ०१:१७

कात्तिक ९, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सूर्यको उपासना गरेर मनाइने छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीहरूमा भातृत्व, भगिनित्व, एकता र आत्मियताका लागि शुभकामना व्यक्त गरेका छन्।

शुभकामना सन्देश दिँदै उनले नेपालमा राजनीतिक संघर्षको युग सकिएकाले अबको यात्रा विकास र समृद्धितर्फको हुने उल्लेख छ । नेपालीको समृद्धिको चाहना पूरा गर्न देशको राजनीति स्थिर हुनपर्ने बताउँदै नेपालीको यही चाहनालाई आत्मसात गर्दै हामीले बाम गठन्धनको अभियान सुरु गरेको उल्लेख गरे ।

यसैगरी नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विविध जाति, भाषा, चाडपर्व र परम्परा रहेको हाम्रो देशमा यस प्रकारका पर्वले आपसी प्रेम, सदभाव र मित्रता बढाउँदै सामाजिक एवम राष्ट्रिय एकतालाई बलियो बनाउनसमेत प्रेरणा दिने बताए ।

छठ पर्वको अवसरमा प्रमको शुभकामना

प्रधानमन्त्री शेरबहादुर देउवाले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईमा सुख, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देश दिँदै प्रम देउवाले छठ प्रेस, स्नेह र समाजिक सद्भाव बोकेको नेपालीहरुको महान चाड भएको बताउँदै उहाँले यो पर्व तराईमा मात्र नभएर हिमाल, पहाड र विधि सांस्कृतिक धनी सबै नेपालीले अपनत्व गरेको पर्वको रुपमा विकसित भएको उल्लेख गरे ।

यस पर्वलाई सम्पूर्ण नेपालीबीचको भावनात्मक एकता र सहकार्यको समारात्मक सन्देश दिने पर्वको रुपमा लिएको बताउँदै प्रम देउवाले छठ पर्वले नेपालीबीचको आपसी सम्बन्धलाई झनै मजबूत बनाउँदै राष्ट्रिय समृद्धि र एकतामा बल पु¥याउने कार्य गर्न सबैलाई प्रेरणा देओस् भन्ने कामनासमेत गरे ।

“देश लोकतन्त्रको उत्सवको रुपमा रहेको निर्वाचनतर्फ उन्मुख भएको छ । निर्वाचन लोकतन्त्रको जगलाई दरिलो बनाउँदै राजनीतिक स्थायित्व आर्थिक समृद्धि हासिल गर्ने हाम्रो चाहनालाई मतपत्रमार्फत अभिव्यक्ति गर्ने सुअवसर पनि हो । यसैले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहभागी भएर लोकतान्त्रिक उत्सवलाई सफल बनाउन आह्वान गर्दछु”–शुभकामना सन्देशमा भनिएको छ ।