राजधानी डेंगुको उच्च जोखिममा

२३ आश्विन २०७४, सोमबार ०१:०७

२३ असोज, काठमाडौँ । राजधानी काठमाडौँ डेंगु रोगको उच्च जोेखिममा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म डेंगु रोगका बिरामी अस्पतालमा नआए पनि यसको उच्च जोखिम रहेको र विशेष सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको खबर आजको नेपाल समाचारपत्रमा छ ।

यस बर्ष ३५ जिल्लाका २ सय १० जनामा डेंगु रोग देखा परेको छ ।