मोटोपन बढेर हैरान हुनुहुन्छ ? सधै फिट रहन यि उपाय अपनाउनुस ।

१० कार्तिक २०७४, शुक्रबार १४:४६

 

स्लिम र आकर्षक हुन खाना खान छोड्नुपर्छ भन्ने होइन । केही कुरामा ध्यान दिए शरीरलाई ‘फिट एन्ड फाइन’ राख्न सकिन्छ ।

थोरै–थोरै खाइरहने

तपाईं छिन–छिनमा केही खाइरहनुहुन्छ भने दिमागमा भोक लागेको कुरा आउँदैन र क्यालोरीयुक्त खानेकुराको चाहना हुँदैन ।

बिस्तारै–बिस्तारै खाने

स्वाद लिएर बिस्तारै–बिस्तारै खाना खानुभयो भने तपाईंले पेट भरिएको महसुस गर्नुहुनेछ । छिटो–छिटो खाने गरियो भने यस्तो अनुभव गर्न सकिन्न ।

निद्रा पु¥याउने

केही शोधले निद्राको कमी तौल बढ्नुको कारण बताएका छन् । अनिद्रामा तपाईं तनाव महसुस गर्नुहुन्छ । तनावसँग सम्बन्धित हार्मोनले शरीरमा अत्यधिक मात्रामा पानी बढाइदिने गर्छ । यसले तपाईंको तौल बढ्न सक्छ ।

अल्कोहलबाट टाढै बस्ने

फिट रहन चाहनुहुन्छ भने मदिरापानबाट टाढा रहनुहोला । रक्सी सेवनले पनि मोटोपन बढाउन सक्छ ।

बाहिर नखाने

बाहिर रेस्टुरेन्टमा गएर खानुभन्दा घरको खाना खानु स्वास्थ्यका लागि राम्रो हुन्छ । घरको खाना ताजा र स्वास्थ्यवद्र्धक हुन्छ । बाहिरको खानामा क्यालोरीको मात्रा बढी हुने गर्छ ।

शाकाहारी खाना खाने

मांसाहारी भोजनमा पोषक तत्व बढी हुन्छन्, जसले मोटोपनलाई सघाउँछन् । हरियो सागसब्जी, गेडागुडी आदिले शरीरलाई स्वस्थ र फिट राख्न मद्दत गर्छन् ।

सही मात्रामा खाना खाने

खाना नै नखाई डाइटिङ गर्नुभन्दा खाइरहेको खानाको मात्रा कम गर्नु राम्रो हुन्छ । सानो प्लेट या थालमा खाना खानु राम्रो हुन्छ ।

स–साना काम गर्ने

शरीरलाई फिट र फुर्तिलो राख्न स–साना घरायसी काम गर्नुपर्छ । यस्ता कामले तपाईंको शरीरको ‘एक्स्ट्रा क्यालोरी’ कम गर्छन् । सरसफाइ, फूलबारीमा गोडमेल आदि पनि राम्रा शारीरिक अभ्यास हुन् ।

अतिरिक्त टिप्स

–तीन चियाचम्चा कागतीको रस, एक चियाचम्चा मरिचको धुलो र एक चियाचम्चा मह मिसाएर पानी पिउने
–दिनहुँ एक ग्लास गाजरको जुस पिउने
–सलाद धेरै खाने, सलादमा बन्दाको मात्र बढाउने
–चिन्ता, तनाव या थकान भएको बेलामा खाना नखानु बेस । फलफूल खानु राम्रो ।
–चियाको सट्टा ग्रिन टी खानु राम्रो ।
–नुन कम खाने ।
–गुलियो कम खाने ।