माओवादी केन्द्र तत्काल सरकारबाट नहट्ने

३१ आश्विन २०७४, मंगलवार ०९:४८

असोज ३१, काठमाडौं । नेकपा माओवादी केन्द्रले तत्काल सरकार नछाड्ने भएको छ ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री जनार्दन शर्माले सरकारले निर्वाचन सार्ने सूचना पाएकाले निर्वाचनको सुनिश्चितताका लागि तत्काल सरकार नछोड्ने निर्णय गरेको बताएका छन् ।