बिश्व पावर लिफ्टिङ्ग च्याम्पियनसिपमा सहभागी हुन चार सदस्यीय नेपाली टोली दिल्ली प्रस्थान

५ कार्तिक २०७४, आईतवार ११:४४

कात्तिक ५, काठमाडौँ । भारतको राजधानी दिल्लीमा आयोजना हुने बिश्व पावर लिफ्टिङ्ग च्याम्पियनसिपमा सहभागी हुन चार सदस्यीय नेपाली टोली आईतबार त्यसतर्फ प्रस्थान गरेको छ ।

कार्तिक ६ देखि १० गते सम्म आयोजना हुने च्याम्पियनसिपमा प्रशिक्षक नकर्मीले मास्टर तर्फ प्रतिस्पर्धा गर्नेछन् । यस्तै अर्का खेलाडी बुद्धिजङ्ग कार्कीले ९० केजीमा, प्रकाश के।सी।ले ७५ केजीमा र रोजिन नकर्मीले १९ बर्ष मूनीको सव–जुनियरमा प्रतिस्पर्धा गर्नेछन् ।

यस च्याम्पियनसिपमा नेपाली खेलाडीहरुको उच्च प्रदर्शन रहेको छ । प्रशिक्षक ज्ञानेन्द्र नकर्मीले २०१४ मा दिल्लीमा आयोजित च्याम्पियनसिपमा स्वर्ण पदक प्राप्त गरिसकेका छन् भने बुद्धिजंग कार्कीले सोही च्याम्पियनसिपमा रजत पदक प्राप्त गरेका थिए । यस्तै २०१५ मा केरेलामा भएको च्याम्पियनसिपमा ज्ञाननारायण महर्जनले तेश्रो स्थान प्राप्त गरेका थिए भने २००५ मा दिल्लीमा आयोजना भएको च्याम्पियनसिपमा दिनेश श्रेष्ठले कास्य पदक हात पर्न सफल भएका थिए ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य एवं नेपाल बक्सिङ्ग संघका उपाध्यक्ष अर्जून बहादुर के.सी.ले एक कार्यक्रम विच शुभकामना सहित विदाई गरे । विदाई कार्यक्रमा पूर्व विजयी खेलाडीहरु ज्ञाननारायण महर्जन र दिनेश श्रेष्ठलाई समेत सम्मान गरिएको थियो । विदाई कार्यक्रममा नेपाल बडिबिल्डिङ्ग एन्ड फिटनेश संघका उपाध्यक्ष दिनेश राजभंडारी लगायतको उपस्थिती थियो ।