प्रत्यक्षमा महिला उम्मेद्वार शून्य

१३ कार्तिक २०७४, सोमबार ०१:५५

कात्तिक १३, काठमाडौं । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ भोजपुरबाट कुनै पनि महिला उम्मेद्वार मनोनयन परेन । जिल्लामा १२ दलका २२ जनाले उम्मेद्वार दिएका छन् ।

प्रतिनिधिसभाका लागि बाम गठबन्धनले माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य सुदन किराँतीलाई उम्मेद्वार बनाएको छ । काँग्रेस, संघीय समाजवादी फोरम र राप्रपाको लोकतान्त्रिक गठबन्धनले काँग्रेसका उमेशजंग रायमाझीलाई उम्मेद्वार बनाएको छ । प्रतिनिधिसभाकै लागि नयाँ शक्तिले युवाराज कटुवाल, मंगोल नेसनल अर्गनाइजेसनले चन्द्रकुमार राई, राजपाले ध्रुबराज राई, नेकपा माओवादी निकट देशभक्त जनगणतान्त्रिक मोर्चाले डिल्लीराज बोहोरा र नेकपा मालेले अनिल बस्नेतलाई उम्मेद्वार बनाएको छ ।    जिल्ला प्रतिनिधिसभाको एक र प्रदेश सभाको दुईवटा निर्वाचन क्षेत्र छन् । यसअघि स्थानीइ तहको निर्वाचनमा पनि भोजपुरमा महिलालाई उपप्रमुखमा मात्र उम्मेद्वार बनाएको थियो । प्रमुख र उपप्रमुख मध्ये एक जना महिला उम्मेदार हुनुपर्ने बाध्यात्मक कानुनी व्यवस्था छ । ]

प्रदेशका लागि क्षेत्र नम्बर १ बाट बाम गठबन्धनले एमालेका राजेन्द्र राईलाई उम्मेद्वार बनाएको छ । लोकतान्त्रिक गठबन्धनले संघीय समाजबादी फोरमका अजम्बर राई काङमाङलाई उम्मेद्वार बनाएको छ । प्रदेश क्षेत्र नं. १बाटै राजपाबाट सुवास राई, मंगोल नेसनल अगैनाईजेशनबाट मोदेश राई, देशभक्त जनगणतान्त्रिक मोर्चाबाट आङडेण्डी शेर्पा, जनसमाजबादी पार्टी नेपालबाट पर्शुराम राई संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट उत्तम राई र स्वतन्त्रबाट खुसीराज गुरूङ उम्मेद्वार भएका छन् ।प्रदेश क्षेत्र २ बाट बाम गठबन्धनबाट एमालेका शेरधन राई र लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका गोविन्द काँर्की प्रतिस्पर्धामा छन् । त्यस्तै संघीय खम्बुवान लोकतान्त्रिक राष्ट्रिय पार्टीबाट सुवास राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट जितबहादुर राई, देशभक्त जनतान्त्रिक मोर्चाबाट देवप्रसाद राई र नेकपा मालेबाट यादव कुमार पाण्डेको मनोनयनमा परेको छ ।