प्रतिनिधि र प्रदेशसभाको मतपत्र छाप्न सुरु

१० कार्तिक २०७४, शुक्रबार ११:०५

मन्जिल कन्दङ्वा, प्रशिक्षार्थी पत्रकार

कात्तिक १०, काठमाडौँ । आगामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि मतपत्र छाप्न थालिएको प्रमुख आयुक्त अयोधीप्रसाद यादवले बताए । शुक्रबार राजधानीको रिपोर्टस् क्लबमा भएको एक कार्यक्रममा बोल्दै प्रमुख आयुक्त यादवले आजैबाट मतपत्र छाप्न थालिएको जानकारी दिए ।

प्रमुख आयुक्त यादवले सर्वोच्चको आदेशको सम्मान गर्दै र आयोगले कानुनी विज्ञहरूसँग पनि छलफल समेत गरी मतपत्र छाप्न थालिएको बताए । ‘केही राजनीतिक दल र सञ्चार माध्यममा आए जस्तो निर्वाचनको मिति सर्दैन’, प्रमुख आयुक्त यादवले भने, ‘सर्वोच्च अदालतको आदेश अनुसार आउँदो निर्वाचन सर्दैन र अहिलेसम्म त्यस्तो कुनै सङ्केत आएको छैन ।’

यसअघि सर्वोच्च अदालतको आदेशका कारण मतपत्र छपाइमा आयोग अलमलमा परेको थियो ।