प्रजातन्त्र जोगाउनका लागि लोकतान्त्रिक गठबन्धन निर्माण –अध्यक्ष राणा

३० आश्विन २०७४, सोमबार १५:०७

असोज ३०, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशमशेर राणाले प्रजातन्त्र जोगाउनका लागि लोकतान्त्रिक गठबन्धन निर्माण भएको बताएका छन्।

राप्रपा (प्रजातान्त्रिक) भक्तपुरले आज  आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले वाम एकतासँगै लोकतान्त्रिक गठबन्धनको निर्माण आवश्यक भएको बताए।  “मुलुक दुई कित्तामा विभाजित भएको छ, एकातिर प्रजातन्त्रवादी र अर्कोतर्फ साम्यवादी,” अध्यक्ष राणाले भने, “देशमा प्रजातन्त्र र लोकतन्त्र जोगाइराख्न पनि लोकतान्त्रिक गठबन्धनलाई बलियो बनाउनु आवश्यक छ ।”

 

उनले यो लडाइँ एउटा पार्टीको मात्र नभएर सबै प्रजातान्त्रिक पक्षको भएको चर्चा गर्दै प्रजातन्त्र जोगाउन नसके देशले प्राप्त गरेको उपलब्धि जोगाउन पनि नसकिने बताए।    अध्यक्ष राणाले मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनले नेपालको भविष्य निर्धारण गर्ने बताउँदै यो चुनाव अत्यन्तै महत्वको चुनाव भएको स्पष्ट पारे।   प्रजातन्त्र र उदारवाद नभई मुलुक अगाडि नबढ्ने उल्लेख गर्दै उनले आफ्नो पार्टी लोकतान्त्रिक गठबन्धनबाट चुनाव लड्ने निर्णयमा पुगेको धारणा व्यक्त गरे।

 

उद्योग राज्यमन्त्री रेशमबहादुर लामा र विज्ञान तथा प्रविधि राज्यमन्त्री विराज विष्टले निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने बताउँदै चुनावप्रति आशंका नगर्न आग्रह गरे।  सो अवसरमा पार्टीका वरिष्ठ उपाध्यक्ष केशरबहादुर विष्ट, केन्द्रीय सदस्य रवीन्द्रप्रताप शाह, रामहरि थापा लगायतले आगामी निर्वाचनलाई लोकतन्त्र बलियो बनाउने अभियानका रुपमा लिएर यसमा लाग्न कार्यकर्तालाई निर्देशन दि