पेन किलर सेवन गर्ने दुव्र्यसनीले मुलक नै लज्जित भएको ट्रम्प दावी

१० कार्तिक २०७४, शुक्रबार ०४:४०

कात्तिक १०, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अत्याधिक पेन किलर सेवन गर्ने अमेरिकी दूव्यृसनी मुलुकका लागि लज्जाको विषय बनेको टिप्पणी गरेका छन् ।

 

राष्ट्रपति ट्रम्पले यसलाई सार्वजनिक स्वास्थ्यको संकटकालका रुपमा घोषणा पनि गरेका छन् । प्रतिदिन १४० जनाको मृत्युको कारण बनिरहेको पेन किलर दूव्र्यसनी रोक्न उनले नयाँ योजना पनि अघि सारेका छन् ।  राष्ट्रपति ट्रम्पले बन्दुकको दुरुपयोग वा सडक दुर्घटनाबाटभन्दा बढी अत्यधिक औषधि सेवन अर्थात् ओभरडोज औषधि सेवन गरेर अमेरिकीहरु मृत्युको मुखमा पुगिरहेको उल्लेख गरे ।

यसको मूल कारण भनेको पेनकिलरको अधिक सेवन, हिरोइनसहितका दुव्र्यसनीका लागि प्रयोग गरिने लागुऔषध हुन् उनले भने । विश्वमै अमेरिकीहरुले यस्तो औषधिको अधिक सेवन गर्ने गरेको पनि उनले बताए ।  उनले सबै राज्य सरकारहरुलाई यस्तो औषधिको दुरुपयोग रोक्न सबैखाले उपाय अपनाउन आग्रह पनि गरेका छन् । (एजेन्सी)