नेप्सेको महाप्रबन्धकमा अन्तिम तीन नाम छनौट

१९ आश्विन २०७४, बिहीबार ०३:३८

असोज १९, काठमाडौं । नेपाल स्टक एक्सचेन्जको महाप्रबन्धकमा अन्तिम तीन नाम छनौंट भएको छ ।

 

अर्थमन्त्रालय वित्त क्षेत्र व्यवस्थापन बिभागले तीन नाम छनौट गरेको हो । छनौंट हुनेमा चन्द्रसिंह साउद, प्रमोदराज शर्मा र मनोज ज्ञवाली छनौटमा परेका हुन् ।  साउद यसअघि नेपाल इन्स्योरेन्समा महाप्रबन्धक थिए भने शर्मा प्राध्यापक हुन् । ज्ञवाली ज्याती विकास बैंकका नायब कार्यकारी प्रमूख हुन् ।

 

नेप्सेको महाप्रबन्धकको लागि १३ जनाको आवेदन परेकोमा यसअघि नेप्सेका पुर्व महाप्रबन्धक सिताराम थपलिया, नेप्सेकै अर्की कर्मचारी प्रविण पन्दु्क पनि प्रमूख ५ संक्षित नाममा समावेश थिए ।  छानिएका अन्तिम तीन नाम मध्ये मन्त्री परिषदको बैठकले एक नाम छनौट गर्नेछ । साउदको सम्भावना बलियो बन्दै गएको खबर सेयर बजारमा बढ्न थालेको छ । करिब साढे २ महिनादेखि नेप्सेको महाप्रबन्धक पद खाली रहेको छ ।