नेपाल-भारत प्रबुद्ध व्यक्ति समूहको बैठक आजदेखि काठमाडौंमा

असोज २१, काठमाडौं । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) को बैठक आजबाट काठमाडौंमा बस्दै छ ।

 

२ दिन सम्म चल्ने बैठकमा नेपाल भारतबीच रहेका सबै सन्धिसम्झौतावारे छलफल हुने बताइएको छ । बैठकमा नेपाल भारत शान्ति तथा मैत्री सन्धि १९५०, जलस्रोत क्षेत्रमा भएका सन्धि सम्झौता, व्यापार तथा पारवहनका क्षेत्रमा भएका सन्धिसम्झौता लगायतमा बुँदागत छलफल हुने बताइएको छ ।  २०७२ सालमा गठन भएको इपिजीको बैठक नेपाल र भारतमा पालैपालो हुँदै आएको छ ।

 

नेपाल भारत बीच रहेका सम्पूर्ण सन्धि सम्झौताको समीक्षा गरी प्रतिवेदन बुझाउन इपिजीलाई दुई वर्षको अवधि दिइएको छ । इपिजीले अबको एक वर्ष भित्र चार वटा बैठक बसी सम्पूर्ण विवादित विषय टुंग्याउनु पर्नेछ । इपिजीमा नेपाल र भारतका चारचार जना सदस्य छन् । इपिजीले साझा प्रतिवेदन दुवै देशका सरकारलाई वुझाउने छ र त्यसैको आधारमा सन्धिसम्झौता संशोधन, पुनरावलोकन प्रक्रिया अघि बढाइनेछ ।


प्रकाशित | २०७४ आश्विन २१ प्रकाशित ०३:४९

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ