नेपाल आइडलका विजेता बुद्ध लामाले पुरस्कार पाए कार सहित नगद

कात्तिक ११, काठमाडौं । नेपाल आइडल पहिलो सिजनका विजेता बुद्ध लामालाई प्रथम पुरस्कार स्वरुप प्राप्त महिन्द्र केयुभी वान ओओ तथा नगद रु २० लाख रुपैयाँ प्रदान गरेको छ। बुद्ध लामा र एपीवान एचडीबीच १५ लाख बराबरको एल्बमका लागि पनि सम्झौतामा हस्ताक्षर पनि भएको छ।

त्यसैगरी नेपाल आइडल फष्ट रनरअप निशान भट्टराईलाई पनि पुरस्कार स्वरुप प्राप्त नगद रु १५ लाख र सेकेण्ड रनरअप प्रताप दासलाई नगद रु १० लाख प्रदान गरिएको छ। गत असोज ६ गते कतारमा आयोजित नेपाल आइडल फिनालेमा बुद्ध लामा आइडल घोषित भएका भएपनि नेपाल आइडलका विजेताहरुको अति व्‍यस्तताका कारण शुक्रबार मात्र पुरस्कार वितरण गरिएको हो।

नेपाल आइडल नेपालमा आयोजित पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज तथा सर्वाधिक पुरस्कार राशीको गायन प्रतियोगिता हो।


प्रकाशित | २०७४ कार्तिक ११ प्रकाशित ०१:४५

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ