नेकपा एमाले र माओवादी केन्द्रले ३२ जिल्लामा सिट बाँडफाँट टुंग्याए

३ कार्तिक २०७४, शुक्रबार ०७:२७

कातित्क ३, काठमाडौ । दुई दल नेकपा एमाले र माओवादी केन्द्रले पहिलो चरणमा मंसिर १० गते हुने चुनावका लागि ३२ जिल्लामा सिट बाँडफाँट गरेका छन् । दुई दल सम्मिलित कार्यदलले बिहीबार अबेर राति प्रतिनिधि र प्रदेश सभाका लागि दुई दलका उम्मेदवारका लागि निर्वाचन क्षेत्र टुंग्याएका हन् ।

दुई दलबीच संविधानसभा २०७० र स्थानीय चुनावका आधारमा निर्वाचन क्षेत्र बाँड्ने सहमति भएको थियो । ६० र ४० प्रतिशतको अनुपतमा सिट बाँड्ने सहमति गरेका एमाले र माओवादीले पहिलो चरणको चुनाव हुने जिल्लामा ३२ जिल्लामा एमालेले ५७ र माओवादी केन्द्रले ४३ प्रतिशत सिट पाएका छन् ।

सिट बाँडफाँड सकिए पनि उम्मेदवारको भने शुक्रबार साँझसम्म टुंग्याउने गरी छलफल भइरहेको बताएका छन् ।